तिहारको आज चौथो दिन,भन मेरा भाई हो... देउसिरे


कूल तामाङ
 कार्तिक १० काठमाण्डौ । नेपालीहरुको महान् चाड तिहारको चौथो दिन आज मुलुकभर परम्पराअनुसार गाईपूजा गोवर्धनपूजा गोरुपूजा र म्हःपूजा गरिँदै छ ।आजै घरआँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रुपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धनपूजा गरिन्छ ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीहरुलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवद्र्धन पर्वतकॊ पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ ।

यस्तै नेवार समुदायमा पनि आज साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ ।

Leave a Reply