भूकम्पले विद्यालय भवन भवन भत्काएपछि विद्यार्थी बाहिरै


कार्तिक १० इलाम । इलामको नामसालिङ्ग-३, स्थित बौद्ध प्राथमिक विद्यालयका विद्यार्थीहरु खुल्ला आकासमुनी बसेर बढ्न बाध्य भएका छन् । गत असोज १ गते गएको भुकम्पबाट विद्यालयका सबै भवनहरु बस्नै नहुने गरी क्षतसग्रस्त भएपछि विद्यार्थीहरु चौरमा बसेर बढ्न बाध्य भएको प्रधानाध्यापक सुवास प्रधानले बताउनुभयो ।

विद्यालयमा रहेका तीनवटा भवन मध्ये दुईवटा पूर्णरुपमा क्षतिग्रस्त भएको र एउटामा आंशिक क्षति पुगेको विद्यालयले जनाएको छ । विद्यालयमा क्षति भएपछि विद्यालयले अहिले अस्थायी टहरा बनाएर अध्यापन गर्दै आएको भएपनि अधिकाँश विद्यार्थीहरु अझै चौरमा बसेर पढ्न बाध्य छन् । भुकम्पले क्षति पुगेपछि उक्त विद्यालयमा विद्यार्थीको संख्या पनि घट्दै गएको शिक्षक मुकेश भट्टराईले बताउनुभयो ।

विद्यार्थीहरु चिसोको कारण विद्यालयमा बस्न नसकेको र असुरक्षित महसुस गरी विद्यार्थीहरु आउन छाडेको हुनसक्ने विद्यालयको अनुमान छ । क्षति पुगेपछि हालसम्म जिल्ला दैवी प्रकोप समिति इलामबाट १० हजार र नेपाल रेडक्रस सोसाईटी इलामबाट दुईवटा त्रिपाल उपलब्ध भएको विद्यालयले जनाएको छ ।

Leave a Reply