बाहुनडाँगीका ५५ बर्षीय भीम दहालको डुवेर मृत्यु



कार्तिक १२ झापा । झापाका विभिन्न ठाउँमा आज भएका घटनामा १ एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।बाहुनडाँगीका  ५५ बर्षीय भीम दहालको डुवेर मृत्यु भएको हो । भाइटीका लगाउन दिदीको घर जाँदै गरेका उनको धाइजननजिक खाल्डामा डुवेर मृत्यु भएको हो ।

उता पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका, वडा नम्बर २ मा भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्ति घाइते भएका हुन् । विहान ११ बजे पश्चिमबाट पूर्व आउँदै गरेको मे१प ३१४२ आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक धाइजन ४ का ४० बर्षीय विनोद शिवा घाइते भएका हुन् ।

त्यसैगरी गुडिरहेको वसको छतबाट खसेर मेचीनगर-१२ इटाभट्टा चोकमा एक यात्रु गम्भीर घाइते भएका छन् । अपरान्ह ४ बजे मे१ख २५८१ नम्बरको बसबाट खसेर बाहुण्डाँगी ३ का २५ बर्षीय प्रेम बहादुर तामाङ घाइते भएका हुन् ।

दुवै दुर्घटनाका घाइतेको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Leave a Reply