कार्तिक ६ इलाम । इलाममा मासिक १३ करोड रूपैंयाको हाराहारीमा रेमिट्यान्स भित्रने गरेको पाईएको छ । जिल्लामा रहेका रेमिट्यान्स व्यवसायी, निजी बैंक र एक सरकारी बैंकले गरेको कारोबारले मासिक रुपमा विदेशबाट उक्त रकम भित्रने गरेको देखाएको छ ।
गएको असोज महिनामा मात्र १३ करोड रूपैंयाको कारोबार भएको छ । आइएमईका इलाम प्रतिनिधि दिलिप पौडेलका अनुसार कारोबारमा प्रत्येक महिना उतारचढाव भइरहने गरेको समेत पाइएको छ । इलाम नगरपालिकामा रहेका चारवटा, फिक्कलमा राँकेमा रहेका एक एकवटा मनि ट्रान्सफरले असोज महिनामा १० करोड रूपैंया बरावरको कारोवार गरेको बताइएको छ ।