खानेतेल विनै वित्यो दशैं


 कार्तिक ३ इलाम । भुटानी शरणर्थीले यसपालीको दशैंमा विश्व खाद्य कार्यक्रमले दिँदै आएको खानेतेल एकमहिनासम्म नदिएको वताएका छन् । संयुक्त राष्ट्रसंघिय बिश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले सहायता स्वरुप प्रत्येक १५ मा दिने गरेको खानेतेल दुइपटक नदिएको शरणार्थीका प्रतिनिधिले बताएका हुन् ।

 प्रत्येक शरणार्थीलाई १५ दिनका लागि साढे तीनसय ग्रामका दरले खानेतेल दिइने गरिन्छ । चाडपर्वका वेला खानेतेल नपाउँदा शरणार्थीले सस्तो मजदुरी गरेर र कत्तिपयले त अभाबकै बिच छाक टारेका छन् । डब्ल्युएफपीले अन्तर्राष्ट्रिय सहायता समुदायबाट समयमा नआएका कारण खानेतेल दिन नसकिएको जनाएको छ ।

Leave a Reply