मङ्सिर ९ इलाम। इलामको पश्चिमी फुएतप्पा गाविसमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार पाँचथर रविका चिरञ्जिवी आङदेम्बे छन् ।
फुएतप्पाबाट इंँटा लिएर रवि हुँदै झापा जान हिंँडेको ट्र्याक्टर दुर्घटना हुँदा अर्का इन्द्रजङ आङदेम्बे गम्भीर घाइते भएको स्थानीय मौसम पाण्डेले बताएका छन् । ट्र्याक्टर चालक भने फरार भएको बताइएको छ ।