माङ्ग्मालुङ्ग महोत्सव चैत्रमा चैत्र २२ देखि २४ सम्म हुने




पुस २५ इलाम । बन्दका कारण एक महिनाअघि स्थगित गरिएको प्रथम माङ्गमालुङ्ग पर्यटन तथा धार्मिक महोत्सव २०६८ आगामी चैत्रमा सञ्चालन गरिने भएको छ । महोत्सव मूल आयोजक समिति, इभाङ्ग र बाँझोका बुद्धिजीवि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले महोत्सव आगामी चैत्र २२, २३ र २४ गते सञ्चलन गर्ने निर्णय गरेको हो । महोत्सव सञ्चालनका लागि यस अघिकै समिति र विभिन्न उपसमितिहरुलाई सकृय गराईने भएको छ ।

सो महोत्सव यसअघि गएको मंसिर २८ गतेदेखि तीन दिनसम्म आयोजना गर्ने तयारी पूरा भएपछि संघीय लिम्बूवान राज्य परिषद पालुङ्वा समूहले आह्वान गरेको बन्दको कारण स्थगित गर्नु परेको थियो । तयारीको अन्तिम चरणमा महोत्सव स्थगित गर्नुपरेकाले झण्डै तीन लाख रूपैंया बराबरको घाटा व्यहोर्नु परेको आयोजकले जनाएको छ ।



Leave a Reply